Techie IT
२०८२ असोज २, बिहीबार

पोखरा कस्तो बनाउने भनेर सुझाव माग्दै कास्की कांग्रेस


नेपाली कांग्रेस कास्कीले समग्र जिल्लासहित पोखरालाई कस्तो बनाउने भनेर विभिन्न क्षेत्रसम्बद्ध व्यक्ति एवं निकायसँग सुझाव सङ्कलन सुरु गरेको छ । तीन तहका सरकार आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटको तयारीमा जुटिरहेका बेला कांग्रेसले यहाँको आवश्यकतालाई बजेट तथा कार्यक्रममा समावेश गर्नका लागि आवश्यक छलफल गरी सुझाव सङ्कलन भइरहेको जनाएको छ ।

कांग्रेसका सभापति किशोरदत्त बरालले वडा कार्यसमितिका सभापति, पार्टीका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिसँग छलफल गरी सुझाव सङ्कलन गरिसकेको र पर्यटन तथा उद्योग व्यवसायीसँग छलफल गर्ने तयारी भइरहेको बताएका छन् ।

छलफलबाट आवश्यकता बुझ्ने र सुझावका आधारमा यहाँको भौतिक पूर्वाधार र जनताको प्रमुख आवश्यकताबारे निष्कर्षसहित कार्यान्वयनका लागि तीन तहका सरकारसँग पहलकदमी गरिने पार्टीका सहसचिव एवम् प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।  



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट