Techie IT
२०८२ वैशाख २५, बिहीबार

प्रदीप नेपालको योगदान अतुलनीय : अध्यक्ष माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामवन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठीन एवम् लामो सङ्घर्षका क्रममा दिवङ्गत नेता नेपालको योगदानको स्मरण गरेका थिए ।

प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र सङ्गठन क्षमताका कारण बहुआयामिक नेता भएको बताउँदै उहाँले दुःखद् निधनप्रति सिङ्गो पार्टी स्तब्ध भएको उल्लेख गर्नुभयो । नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकमा पर्नुभएका उहाँकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा समीक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरेका हुन् ।

प्रदीप नेपाल २०२६ मा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील भएर छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्नुभएको स्मरण गरेका थिए ।

अध्यक्ष नेपालले साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकको समेत पहिचान बनाएका दिवङ्गत नेता नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाज रूपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताएका थिए । उनको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पूरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्ध उनले व्यक्त गरेका छन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट