Techie IT
२०८३ असार २५, बिहीबार

प्रेम विसीको राष्ट्रिय दलित अभियान माओवादी केन्द्रमा समायोजित


नेकपा (माओवादी केन्द्र)द्वारा सञ्चालित मध्यपहाडी लोकमार्ग अभियान अन्तर्गत डोटीको दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसी माओवादी केन्द्रमा समायोजित भएका छन् ।

जनसभामा सम्बोधन गर्दै विसीले दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न माओवादी केन्द्र र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बलियो बनाउनु आवश्यक रहेको बताए । यही कारण आफ्नो नेतृत्वमा सञ्चालन हुँदै आएको राष्ट्रिय दलित अभियानलाई माओवादी केन्द्रमा समायोजन गरिएको उनले स्पष्ट पारे ।

उनले माओवादी आन्दोलनकै जगबाट उत्पीडित वर्ग, जात र क्षेत्रको सवाल उठ्दै आएको स्मरण गराउँदै आगामी दिनमा पनि दलित समुदायको आवाज संस्थागत गर्न माओवादी केन्द्रप्रति भरोसा रहेको बताएका छन् ।

माओवादी केन्द्रले विभिन्न वर्ग, जाति र समुदायको अधिकार सुनिश्चित गर्ने अभियानलाई तीव्रता दिइरहेका बेला विसीको समायोजनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेताहरूले पनि विसीको निर्णयलाई स्वागत गर्दै दलित आन्दोलनलाई थप सबल बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट