Techie IT
२०८२ जेष्ठ ५, सोमबार

पूर्वराष्ट्रपति भण्डारी आगामी साता चीन भ्रमणमा जाँदै


पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी चीन भ्रमणका लागि आगामी साता चीन जाँदैछिन् । चीन सरकारको औपचारिक निमन्त्रणामा भण्डारी जेठ १० गते बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

पूर्वराष्ट्रपतिको सचिवालय स्रोतका अनुसार उनी एमालेका केही नेताहरूको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जान लागेकी हुन् । भ्रमण तालिका अन्तिम तयारीमा रहेको र त्यसअनुसार बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्ताका साथै धार्मिकरूपमा महत्वपूर्ण मानिने मानसरोवरसम्मको भ्रमण पनि हुने बताइएको छ ।

“भ्रमण तालिका तयार हुँदैछ, पूर्वराष्ट्रपति भण्डारीले बेइजिङमा उच्चस्तरीय राजनीतिक भेटवार्तासँगै मानसरोवरसम्म भ्रमण गर्ने कार्यतालिका बन्दैछ,” स्रोतले भन्यो ।

यसअघि गत वर्ष असारमा तय भएको भण्डारीको चीन भ्रमण अन्तिम समयमा स्थगित भएको थियो। यसपटकको भ्रमणले नेपालको पूर्वराष्ट्रप्रमुखस्तरमा चीनसँगको सम्बन्ध विस्तारमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट