मलाई फसाउने खेल भयो – गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू कुनै पनि रूपमा संलग्न नरहेको दाबी गरेका छन् । आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा नियोजित षड्यन्त्र गरिएको आरोप लगाए ।
“सबैभन्दा पहिले जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा बनाइयो, ती सबै असत्य र बेठिक हुन्,” मन्त्री लेखकले भने, “यसमा मेरो कुनै संलग्नता छैन ।”
उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक आक्रमण भएको भन्दै यसको पछाडि राजनीतिक स्वार्थले कारम गरेको उल्लेख गरे । “मेरा विरुद्धमा नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भइरहेको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रहले प्रेरित छ, षड्यन्त्रमूलक छ र यो क्रम जारी छ भन्ने मैले अनुभूत गरेको छु,” उनले थपे ।
तपाईको प्रतिक्रिया दिनुहोस