Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

राजतन्त्रले अधिकार खोस्छ, गणतन्त्रले अधिकार दिन्छ: उपप्रधानमन्त्री सिंह


उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले राजतन्त्रले मौका पाए जनतालाई अधिकारविहीन बनाउने उल्लेख गर्दै, लोकतान्त्रिक व्यवस्थाको विकल्प नरहेको स्पष्ट पारे ।

बुधबार राजधानीमा गणतन्त्र दिवसको अवसरमा आयोजित ‘लोकतान्त्रिक आन्दोलन र तीर्थराम डंगोल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले राजतन्त्र पुनःस्थापनाको प्रयासप्रति संकेत गर्दै भने, "राजतन्त्र देखेकै हो – संवैधानिक भनिए पनि मौका पाएपछि जनतालाई अधिकारविहिन बनाउँछ ।"

उनले अहिलेको संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जनताको लामो संघर्षको उपलब्धि भएको बताउँदै भने, “यो कसैको दयामायाले प्राप्त भएको होइन, जनताको बलिदानबाट स्थापित भएको हो । त्यसैले यसलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्छ ।”

संविधानमार्फत प्राप्त अधिकारसँगै जिम्मेवारीप्रति पनि सचेत हुनुपर्नेमा उनले विशेष जोड दिए । “०७२ सालमा जारी संविधानलाई संस्थागत गरी राजनीतिक स्थिरता कायम गर्न सके, जनताको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ । त्यो नै तीर्थराम डंगोलजस्ता लोकतान्त्रिक आन्दोलनमा योगदान दिनेप्रति सच्चा सम्मान हुनेछ,” सिंहले भने ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले प्रजातन्त्र पुनःस्थापनापछि देशमा विकासका क्षेत्रमा ठुला परिवर्तन आएको दाबी गरेका छन् । उनले विगतमा काठमाडौंको कमजोर अवस्थालाई स्मरण गर्दै भने, “०४८ सालतिर काठमाडौं ४ क्षेत्रको हालत हेर्नुहोस् । बाटोघाटो, खानेपानी, सामान्य सुविधा पनि थिएन । अहिले धेरै परिवर्तन आएको छ । तर केही नगरेका, सामाजिक सञ्जालमा मात्रै सक्रिय समूहले केही भएन भन्ने गलत प्रचार गरिरहेका छन् ।”

उनले जनताले नेपाली कांग्रेसजस्तो परीक्षामा उत्तीर्ण राजनीतिक दललाई पनि प्रश्न गर्ने अधिकार राख्ने भए तापनि, जिम्मेवारी नलिएका समूहबाट ठूलो अपेक्षा गर्नु भ्रम हुने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट