Techie IT
२०८२ जेष्ठ १६, शुक्रबार

एमाले र राजावादीलाई छुट्टाछुट्टै समयमा प्रदर्शनको अनुमति


काठमाडौं जिल्ला प्रशासन कार्यालयले बिहीबार (जेठ १५) का लागि घोषणा गरिएका दुई फरक प्रदर्शन कार्यक्रमलाई अलग–अलग समय तोकेर अनुमति दिएको छ । एमालेलाई दिउँसो २ बजेसम्मको समय तोकिएको छ भने त्यसपछिको समय राजावादी पक्षलाई प्रदान गरिएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समन्वय बैठकले यसबारे निर्णय गरेको हो । भोलि एमालेलगायत वामपन्थी दलहरूले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने घोषणा गरेका छन् । उता, राजावादी समूहहरूले राजतन्त्र पुनःस्थापना, संघीयता खारेज र हिन्दूराष्ट्र पुनःस्थापनालगायतका मागसहित प्रदर्शन गर्ने तयारी गरेका छन् ।

दुवै पक्षले भृकुटीमण्डप, सहिदगेट र रत्नपार्क क्षेत्रलाई केन्द्र बनाएर कार्यक्रम गर्ने योजना बनाएका छन् । सम्भावित भिडन्तको जोखिमका कारण प्रशासनले समय छुट्याएर प्रदर्शन गर्न अनुमति दिएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज अधिकारीले दुई पक्षबीचको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न होस् भनेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिए । उनले भने, “सीडीओ सा’बले राप्रपाका जिम्मेवार प्रतिनिधिसँग पनि छलफल गर्नुभएको छ । समय छुट्टाछुट्टै भएकाले ठूलो समस्या नआउला भन्ने अपेक्षा छ ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट