हिजो स्थगित भएको प्रतिनिधिसभा बैठक आज पुनः बस्दै, भिजिट भिसा प्रकरणमा तनाव कायमै

आज प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।
मङ्गलबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक बस्दैँ नबसी स्थगित भए पछि बुधवार बाेलाइएकाे हाे । हिजाे ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भए पनि भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखककाे राजिनामा नदिएकाे भन्दै बिपक्षी दलले बाेल्न सहमति नदिए पछि बुधवारसम्मका लागि स्थगित गरिएकाे थियाे ।
संसद सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १ः०० बजे बस्नेछ । विपक्षी दलहरू नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक मुछिएको आरोप लगाउँदै राजीनामा माग्दै सदन अवरोध जारी राखेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस