Techie IT
२०८२ जेष्ठ २६, सोमबार

कन्काईमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न ऊर्जामन्त्रीको निर्देशन


ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको कामलाई चाँडो सक्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

झापाको कन्काई नदीमा निर्माणाधीन तटबन्धको आज स्थलगत निरीक्षण गर्दै मन्त्री खड्काले बर्सात अगाडि नै तटबन्धनको काम सकेर जोखिम न्यूनीकरणमा लाग्न निर्देशन दिएका हुन् । उनले समयमै काम सम्पन्न नभए कम्तीमा १०० भन्दा बढी घरधुरी पूर्ण रूपमा विस्थापित हुने जोखिम रहेको बताए । गत असोज १० देखि  १२ गते परेको अविरल वर्षाका कारण कन्काई नदीमा आएको बाढीले हुलाकी राजमार्ग नजिक करिब ७०० मिटर क्षेत्र तटबन्धमा क्षति पुगेको थियो ।

सो क्षेत्रको पुनःनिर्माण अझै नपुगेकाले बस्ती, खेती, पशुधन र सम्पूर्ण जीविकोपार्जनमा प्रतिकूल असर पर्ने खतरा बढेको भन्दै मन्त्री खड्का स्थलगत निरीक्षणमा पुग्नुभएको हो । “ठेक्का प्रक्रिया होस् वा विपद् व्यवस्थापन बजेट जुनसुकै उपाय अपनाएर भए पनि तटबन्ध पुनःनिर्माण कार्य समयमै सम्पन्न हुनुपर्छ, तटबन्ध निर्माणमा बजेट अभाव हुन दिइँदैन,” मन्त्री खड्काले भने ।

सो अवसरमा जनताको तटबन्ध कार्यक्रम झापाका प्रमुख इञ्जिनियर विजयकुमार रेग्मीले १२ महिनाको लक्ष्यसहित सुरु गरिएको योजनाको पहिलो दुई महिनामै ६० प्रतिशत कार्य सम्पन्न भइसकेको जानकारी दिए ।

यसैबीच मन्त्री खड्काले नेपाल विद्युत् प्राधिकरण विर्तामोड वितरण केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरबाही नगर्न निर्देशन दिएका छन् । “जनतालाई अवरोधविहीन विद्युत् सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो, लाइफ लस र सप्लाई लस दुवैको सम्भावना शून्य हुनेगरी प्रणाली विकास गर्न आवश्यक छ,” उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट