Techie IT
२०८२ असार २५, बुधबार

संवैधानिक परिषद्सम्बन्धी विधेयकमा राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत


प्रतिनिधिसभाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि राष्ट्रियसभाबाट भएको संशोधन स्वीकृत गरेको छ । सभाको आजको बैठकले उक्त संशोधन बमहुमतबाट स्वीकृत गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट रक्षामन्त्री मानवीर राईले उक्त संशोधनउपर विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकमा राम्रो सुझाव र सल्लाह प्राप्त भएको बताएका थिए । “राष्ट्रियसभाबाट प्राप्त सुझाव राम्रो छ, छलफलमा सहभागी भई सुझाव दिनुभएकामा सबै सांसदलाई धन्यवाद र संशोधन स्वीकृत गरिदिनुहुन अनुरोध गर्दछु”, उनले भने ।  

सो विधेयकका सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि यही असार २४ गते प्रतिनिधिसभामा छलफल भएको थियो । दुवै सदनबाट पारित भइसकेको सो विधेयक अब प्रमाणीकरणको प्रक्रियामा जानेछ । प्रतिनिधिसभाको अर्को बैठक यही असार २९ गते अपराह्न १ बजे बस्नेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट