Techie IT
२०८३ श्रावण ११, सोमबार

माओवादी आफ्नै बलमा चुनावमा जान्छ - प्रचण्ड


प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा पार्टीलाई एक्लै अघि बढाउने निर्णयको घोषणा गरेका छन्। उनले अन्य दलहरूसँगको गठबन्धनले माओवादीको विशिष्ट पहिचानलाई कमजोर बनाएको र त्यसलाई जोगाउन अब पार्टीलाई एक्लै चुनावी मैदानमा उत्रनुपर्ने धारणा राखेका छन् ।

शनिबार काठमाडौंमा आयोजित दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै प्रचण्डले दलको पहिचान र अस्तित्वलाई बचाइराख्न अब एक्लै चुनाव लड्ने रणनीति अपनाइने बताए। उनले भने, “कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गर्दा माओवादीको पहिचान धमिलो भएको छ भन्ने आशंका सर्वत्र रहेको छ।

अब हामी आफ्नै खुट्टामा उभिएर २०८४ सालको निर्वाचनमा १६५ संघीय सिट, ३३० प्रदेश सिट र सबै पालिकामा एक्लै चुनाव लड्ने संकल्प गरेका छौं।”प्रचण्डका अनुसार माओवादीलाई अब आफ्नै ‘पहिचानसहित स्थापित’ गर्न समय आएको छ। विभिन्न चुनावमा कांग्रेस र एमालेसँगको गठबन्धनले माओवादी केन्द्रलाई लाभ त दिलाए पनि, यो प्रवृत्तिले दीर्घकालीन रूपमा पार्टीको मौलिकता र सिद्धान्तलाई कमजोर बनाएको महसुस गरिएको प्रचण्डले बताए।

प्रचण्डले माओवादीलाई आत्मनिर्भर र एकताबद्ध बनाउने लक्ष्यसहित आफ्ना नेता र कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन दिए। उनले पार्टीका कार्यकर्तालाई समाजका तल्लो तहसम्म पुगेर माओवादीको आधार बलियो बनाउने योजनामा सामेल हुन आह्वान गरे।"हामी एक पटक फेरि जनतासँग प्रत्यक्ष सम्पर्क गरेर आफ्नो सिद्धान्तको प्रचार गर्नेछौं र आत्मनिर्भरता कायम गरेर देशभर माओवादीलाई पुनः स्थापित गर्नेछौं," उनले भने।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट