रवि लामिछानेमाथि दुर्व्यवहार भइरहेको छ - अभिनेत्री मनीषा कोइराला

अभिनेत्री मनीषा कोइरालाले पूर्व गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गरेकी छन्।
सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेको आरोप लगाउँदै रास्वपाले सुरु गरेको हस्ताक्षर संकलन अभियानमा कोइरालाको सहभागिता देखिएको हो।
हस्ताक्षर गरेपछि प्रतिक्रिया दिँदै कोइरालाले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारिन्। उनले भनिन्, "म कुनै पनि पार्टीमा छैन, तर एक आम नागरिकको हैसियतले राज्यबाट भइरहेको अन्याय र दुर्व्यवहारविरुद्ध आवाज उठाउन आएकी हुँ।"
उनले थप भनिन्, "जो–जो समाचार हेर्दैछन्, बुझ्दै छन्, उनीहरूलाई प्रष्ट थाहा छ - रवि लामिछानेमाथि दुर्व्यवहार भइरहेको छ।"
तपाईको प्रतिक्रिया दिनुहोस