Techie IT
२०८३ असार २३, मंगलबार

गुल्मीमा माटोको ढिस्को खस्दा दुई महिला घाइते


सांकेतिक

गुल्मी जिल्लाको इस्मा गाउँपालिका–६ बुल्म राङदलचौरमा शनिबार दिउँसो घर लिप्ने माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जना महिला घाइते भएका छन्।

घाइते हुनेमा इस्मा गाउँपालिका–५ बनगाउँ निवासी ४७ वर्षीया हिरा बिष्ट र २३ वर्षीया सुमित्रा मुखिया रहेका छन्। माटो खन्दै गर्दा अचानक ढिस्को खस्दा उनीहरू च्याप्पिएर घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार हिरा बिष्टको बाँया आँखामाथि बाहिरी चोट लागेको छ भने शरीरका विभिन्न भागमा भित्री चोट देखिएको छ। त्यस्तै सुमित्रा मुखियाको पनि शरीरका विभिन्न भागमा भित्री चोट लागेको छ।

दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। पुरिएको अवस्थामा रहेका उनीहरूलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल पुर्‍याएका थिए। हाल दुवै जनाको गुल्मी अस्पतालमा उपचार भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट