Techie IT
२०८३ वैशाख ३१, बिहीबार

ओखलढुंगामा वृद्ध दम्पतीको निर्मम हत्या, एक महिनामै दोस्रो घटना


ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको विभत्स हत्या भएको छ।

भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्र विक्रम राई र उनकी पत्नी चन्द्रमाया राईको लुटपाटपछि हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

यसै स्थानमा एक महिनाअघि पनि ६० वर्षीय शोभितमान थापामगर र उनकी पत्नी रत्नमाया थापामगरको हत्या भएको थियो । यो घटनाले स्थानीयवासीमा त्रास फैलिएको छ।

वडाअध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी दुवैको हत्या गरिएको हो।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले घटनास्थलमा प्रहरी टोली पुगेको जानकारी दिए। उनले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको बताए।

यसअघि मगर दम्पतीको हत्यामा संलग्न आरोपमा चार जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ। पछिल्लो घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले जानकारी दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट