Techie IT
२०८२ माघ १४, बुधबार

अरुण तेस्रो आयोजनास्थल नजिक मजदुर मृत फेला


सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुर मृत फेला परेका छन्।

आयोजनाको ड्यामसाइड फ्याक्सिन्दामा काम गर्दै आएका २२ वर्षीय बाउट तामाङ मंगलबार दिउँसो मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए। तामाङ मोरङको केराबारी गाउँपालिका–१० घर भई हाल आयोजनास्थलमै कार्यरत थिए।

उनको शव उत्तर–दक्षिण कोशी राजमार्गको नालीमा फेला परेको प्रहरीले जनाएको छ।

शव परीक्षणका लागि जिल्ला अस्पताल सङ्खुवासभा ल्याइएको छ भने घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट