Techie IT
२०८२ माघ २३, शुक्रबार

झापाको भद्रपुरमा सिरिन्ज आक्रमण, एक जनाको मृत्यु


सांकेतिक

झापाको भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज प्रयोग गरी गरिएको आक्रमणमा स्थानीय बासिन्दा खेम ढकालको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ ढकाल छिमेकीको घरबाट आफ्नो निवासतर्फ फर्कँदै गर्दा अज्ञात व्यक्तिहरूको आक्रमणमा परेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

आक्रमणमा संलग्न भएको आशङ्कामा प्रहरीले सिरहाका २६ वर्षीय दीपेशकुमार सिंहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार सिरिन्जमा प्रयोग गरिएको पदार्थबारे हालसम्म यकिन भइनसकेको छ र थप अनुसन्धान जारी छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट