Techie IT
२०८२ माघ २४, शनिबार

मकवानपुर आउने तयारी अधुरै रहेर विदा भए सशस्त्र प्रहरीका एसपी घिमिरे


नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी भइरहेका बेला सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। मोरङको विराटचोकमा शुक्रबार दिउँसो आयोजित बैठकका क्रममा उनी अचानक बेहोस भई ढलेका थिए।

मोरङका सशस्त्र प्रहरी प्रमुख रहेका घिमिरेलाई तत्काल उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा शुक्रबार राति चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनी पकलीका डीआईजी कुमार न्यौपानेले घटनाको पुष्टि गर्दै भने, ‘बैठककै क्रममा उहाँ अचानक ढल्नुभएको थियो। तत्काल अस्पताल पुर्‍याएर बचाउने प्रयास गरिए पनि चिकित्सकको प्रयास सफल हुन सकेन।’

अस्पतालका अनुसार उच्च रक्तचापका कारण उनी अचानक ढलेका थिए। ढल्दा उनको जिब्रोसमेत काटिएको थियो र अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

एसपी घिमिरेको नम्बर ३ वाहिनी गढीमाई मुख्यालय मकवानपुरमा सरुवा भइसकेको थियो र उनी शनिबार नयाँ कार्यक्षेत्रमा जाने तयारीमा थिए। मोरङबाट बिदा हुनुअघि नै उनको असामयिक निधन भएको हो।

हाल उनको शव अस्पतालको आकस्मिक कक्षमा राखिएको छ र परिवारका सदस्यहरूलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट