Techie IT
२०८३ कार्तिक १०, सोमबार

पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु


पोखरामा मोटरसाइकलको ठक्करबाट बाटो काटिरहेका एक पैदलयात्रीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–२९, आदर्शचोकस्थित जेब्राक्रसबाट बाटो काटिरहेका ६१ वर्षीय रमाकान्त शर्मालाई तीव्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको हो।

तालचोकबाट पावर हाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले बिहान बाटो काट्दै गरेका शर्मालाई ठक्कर दिएको थियो। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनालगत्तै कास्की प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट