Techie IT
२०८३ वैशाख ३०, बुधबार

वर्षाले देशभर सडक सञ्जाल तहसनहस : सिद्धिचरण लोकमार्ग पूर्ण बन्द


देशका विभिन्न स्थानमा लगातार परेको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित बनेका छन्। नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने अधिकांश राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ।

उदयपुरको कटारी नगरपालिका–१४ दलदले क्षेत्रमा असार २६ गते आएको बाढीपछि सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, काभ्रेपलाञ्चोक क्षेत्रमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डमा साँझ ५ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको छ।

पहिरो र बाढीका कारण सडक अवरुद्ध भए पनि सुरक्षा निकायको समन्वयमा केही राजमार्गहरू एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। ललितपुरको बागमती गाउँपालिका–३ छपेलीस्थित कान्तिलोकपथ असार २५ गतेदेखि एकतर्फी रूपमा सञ्चालन भइरहेको छ। तनहुँको आँबुखैरेनी–४ डम्पिङ क्षेत्रमा पर्ने पृथ्वी राजमार्ग पनि एकतर्फी रूपमा खुला गरिएको छ।

त्यस्तै, लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङ र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित सडक खण्डहरूमा पनि एकतर्फी सवारी सञ्चालन भइरहेको छ। भोजपुरको बोखिम क्षेत्रमा पर्ने मध्यपहाडी लोकमार्ग तथा संखुवासभाको मकालु गाउँपालिका–३ स्थित कोशी राजमार्गमा समेत एकतर्फी आवागमन भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट