Techie IT
२०८३ जेष्ठ २५, सोमबार

फुल्चोकी जङ्गलमा बढ्दै मानव बेपत्ताका घटना, प्रहरीद्वारा ‘अलर्ट’ जारी


जिल्ला प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–३ स्थित प्रसिद्ध पर्यटकीय क्षेत्र फुल्चोकी जङ्गलमा मान्छे हराउने र सम्पर्कविहीन हुने घटना क्रमिक रूपमा बढेको भन्दै सर्वसाधारणलाई उच्च सावधानी अपनाउन विशेष आग्रह गरेको छ।

घना जङ्गल, अपरिचित पदमार्ग, मोबाइल नेटवर्कको समस्या तथा अचानक परिवर्तन हुने मौसमका कारण विशेष गरी विद्यालय तथा कलेजका विद्यार्थी एवं सर्वसाधारण पर्यटकहरू उच्च जोखिममा पर्ने गरेका छन्। सोही जोखिमलाई मध्यनजर गर्दै प्रहरीले सतर्क रहन निर्देश गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका सहायक प्रहरी उपरीक्षक (एएसपी) गौतम मिश्रका अनुसार, गत एक वर्षमा फुल्चोकी क्षेत्रमा मान्छे हराएका ६ वटा आधिकारिक सूचना प्रहरीमा दर्ता भएका थिए। खोजी कार्य तीव्र पारिएका कारण ती सबै व्यक्तिको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ।

गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीका अनुसार, सार्वजनिक बिदाका दिनहरूमा फुल्चोकी भ्रमणमा आउने आन्तरिक पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। तर, फर्कने क्रममा जङ्गलको 'छोटो बाटो' (सर्टकट) प्रयोग गर्न खोज्दा अधिकांश व्यक्तिहरू बाटो बिराएर जङ्गलमा हराउने गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट