Techie IT
२०८३ असार ६, शनिबार

बाछीलाई सिटी सफारीमा बाँधेर सडकमा घिसार्ने चालक पक्राउ


विराटनगर । सामाजिक सञ्जाल टिकटकमा गाईको बाछीलाई सिटी सफारीको पछाडि बाँधेर सडकमा दौडाउँदै अमानवीय व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सिटी सफारीसहित चालकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले भिडियोको आधारमा खोजतलास गरी घटनामा संलग्न सिटी सफारी र चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१८ निवासी नारायण कामत रहेका छन्। प्रहरीले उनले चलाएको प्र.१–०२–००४ ह ४२११ नम्बरको सिटी सफारी पनि बरामद गरेको छ।

गाईको बाछीलाई सवारी साधनको पछाडि बाँधेर सडकमा घिसार्दै लगिएको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना भएपछि प्रहरीले तत्काल अनुसन्धान अघि बढाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार पशुमाथि अमानवीय व्यवहार गरेको आरोपमा चालक कामतलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको छ।

प्रहरीले पक्राउ परेका कामतलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट