Techie IT
२०८३ श्रावण १८, सोमबार

मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध


लगातारको वर्षासँगै खसेको पहिरो र ढुंगाका कारण मुग्लिन-नारायणगढ सडक खण्ड एकतर्फी रूपमा अवरुद्ध भएको छ।

सडक डिभिजन कार्यालय, भरतपुरका अनुसार सडक खण्डको तुइन खोला पुल र नाम्सी खोलाको नयाँ पुल नजिकै माथिबाट ढुंगा खसेका छन्। यसैगरी, सिमलताल क्षेत्रमा लेदोसहितको पहिरो सडकमा खसेका कारण अहिले यातायात एकतर्फी मात्र सञ्चालन भइरहेको छ।

अवरुद्ध सडक दुवैतर्फ खुलाउन सडक डिभिजनको प्राविधिक टोली, उपकरण र जनशक्ति परिचालन गरिएको छ। वर्षा नरोकिएकाले काममा केही कठिनाइ भए तापनि थप पहिरो नझरेको खण्डमा आगामी एक घण्टाभित्र सडक पूर्ण रूपमा सुचारु हुने अनुमान गरिएको छ।

सडक डिभिजन भरतपुरले हाल सो क्षेत्रमा वर्षा भइरहेको र पहिरोको जोखिम कायमै रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ। यात्रामा निस्कनुअघि सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन र सुरक्षित यात्रा गर्न यात्रु तथा चालकहरूलाई सचेत गराइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट