अवैध भारतीय रुपैयाँसहित कैलालीमा १८ वर्षीय भारतीय किशोर पक्राउ
कैलालीको धनगढीबाट स्रोत नखुलेको पाँच लाख भारतीय रूपैयाँसहित एक भारतीय किशोर पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बुधबार राति धनगढी उपमहानगरपालिका-४ स्थित नवजीवन अस्पतालअगाडि सडकबाट भारतको पञ्जाब राज्य बस्ने १८ वर्षीय किशोरलाई उक्त नगद सहित नियन्त्रणमा लिएको हो।
नेपाल-भारत सीमा क्षेत्रमा हुनसक्ने अवैध वित्तीय कारोबार तथा हुण्डी ओसारपसारको आशङ्कामा प्रहरीले उनलाई पक्राउ गरेको छ। प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस