Techie IT
२०८३ भाद्र १९, शुक्रबार

शिक्षकको गोली हानेर हत्या गर्ने युवक भरुवा बन्दुकसहित पक्राउ


सङ्खुवासभाको मकालु गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयका शिक्षकको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बिहीबार साँझ ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको थियो। हत्यामा संलग्न रहेको आरोपमा मकालु गाउँपालिका–१ सिउँडीबारीका ३३ वर्षीय पत्न कुलुङ राईलाई पक्राउ गरिएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार मैनालीले जानकारी दिए।

प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुकसमेत बरामद गरेको छ। सिलिङचोङ गाउँपालिका–५ याफु घर भएका मृतक राई सोही विद्यालयमा बसोबास गर्दै आएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार साँझको खाना खाएर भाँडा धुन बाहिर निस्किएको समयमा उनीमाथि गोली प्रहार भएको थियो।

बन्दुक पडकिएको आवाज सुनेर विद्यालयमै बस्दै आएकी शिक्षिका टिकामाया राई बाहिर निस्केर हेर्दा शिक्षक राईलाई मृत अवस्थामा फेला पारेकी थिइन्। मृतकको पछाडिको भागमा गोली लागेको गम्भीर चोट देखिएको छ।

प्रहरीले शुक्रबार बिहानै आरोपीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट