Techie IT
२०८३ असोज १, बिहीबार

भारतीय कारबाट चार थान पेस्तोल र गोली बरामद


पर्साको वीरगञ्ज महानगरपालिका–१५, बास्तुबिहार चोकमा बेवारिसे अवस्थामा भेटिएको भारतीय कारबाट सशस्त्र प्रहरीले चार थान पेस्तोल र गोली बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको मोबाइल टोलीले शङ्कास्पद रूपमा रोकिराखेको 'युपी १६ एजे ३३०१' नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा बोराभित्र लुकाइराखेको अवस्थामा उक्त हातहतियार फेला पारेको हो।

प्रहरीका अनुसार कारभित्रबाट दुई थान कटुवा पेस्तोल, दुई थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरिएको छ।

बरामद गरिएका हातहतियार, गोली तथा कारलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट