समिट एयरको जहाज इन्जिनमा समस्या, काठमाडौंमा आकस्मिक अवतरण

काठमाडौंबाट लुक्लाका लागि उडेको समिट एयरको एक ट्वीनअटर जहाज इन्जिनमा समस्या देखिएपछि काठमाडौंमै आकस्मिक अवतरण गरिएको छ ।
आज बिहान ६:१२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको नाइन एन-एएमजी कलसाइनको जहाज रामेछाप नजिक पुग्दा एक इन्जिनमा समस्या देखिएपछि विमान तुरुन्तै काठमाडौं फिर्ता ल्याइएको हो ।
विमानस्थल स्रोतका अनुसार जहाजलाई सुरक्षित अवतरण गराउन केहीबेरका लागि काठमाडौं विमानस्थलमा अन्य उडान तथा अवतरणहरू रोकिएका थिए ।
“एउटा इन्जिनमा समस्या देखिएको थियो । अहिले जहाज सुरक्षित अवतरण गरिसकेको छ,” स्रोतले जानकारी दिएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ भने यात्रुहरू सुरक्षित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। समिट एयरले हालसम्म यसबारे औपचारिक प्रतिक्रिया दिएको छैन।
तपाईको प्रतिक्रिया दिनुहोस