Techie IT
२०८२ भाद्र ३०, सोमबार

नेपाल क्रिकेट टोली घोषणा, अलराउन्डर आदिल अन्सारीलाई पनि समेटियो


आदिल अन्सारी

नेपाल क्रिकेट संघ (क्यान) ले असोज दोस्रो साता युएईमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजका लागि राष्ट्रिय टोली घोषणा गरेको छ। शारजाहमा हुने सिरिजलाई युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज नाम दिइएको छ।

टोलीमा अलराउन्डर आदिल अन्सारीलाई पनि स्थान दिइएको छ। अघिल्लो महिना नेपालको ए टोलीमा भारत भ्रमणमा रहेका आदिलले झण्डै तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन्।

सिरिजका खेलहरू आगामी असोज ११, १३ र १४ गते हुँदैछ। नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्यसँग टी-२० सिरिज खेल्न लागेको हो।

यो सिरिज ओमानमा हुने टी-२० विश्वकप छनोटको तयारीको लागि पनि महत्त्वपूर्ण छ। नेपालले दुई पटकको टी-२० विश्वकप विजेता वेस्ट इन्डिजसँग सिरिज खेल्नेछ। त्यसपछि नेपाली टोली त्यतैबाट ओमानमा जानेछ, जहाँ नौ टोलीबीच हुने छनोटमा शीर्ष तीनमा पर्न सके नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा प्रवेश गर्नेछ।

नेपाली टोली:

१. रोहित कुमार पौडेल (कप्तान)

२. दीपेन्द्रसिंह ऐरी (उपकप्तान)

३. कुशल भुर्तेल

४. लोकेस बम

५. कुशल मल्ल

६. आसिफ सेख

७. आदिल अन्सारी

८. करण केसी

९. नन्दन यादव

१०. सन्दीप लामिछाने

११. सन्दीप जोरा

१२. आरिफ सेख

१३. ललित नारायण राजवंशी

१४. गुलशन झा

१५. सोमपाल कामी

१६. साहब आलम



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट