Techie IT
२०८३ मंसिर १०, बुधबार

सुदूरपश्चिममा बजेट संशोधनको चर्चा सेलायो, सरकारले थाल्यो कार्यान्वयनको तयारी


धनगढी । सुदूरपश्चिम प्रदेशको बजेट पारित भएको करिब दुई महिना बितिसक्दा पनि बजेट संशोधनका लागि संसदीय समिति गठन गर्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन। बरु प्रदेश सरकार बजेट सच्याउनुको साटो तत्काल कार्यान्वयनमा लैजाने तयारीमा जुटेको छ।

प्रदेश सभाबाट बजेट पारित गर्ने क्रममा केही कमजोरी भए सुधार तथा संशोधन गर्न सात सदस्यीय संसदीय समिति गठन गर्ने सभामुख भीमबहादुर भण्डारीको प्रस्ताव सभाको बहुमतले पारित गरेको थियो। दशैँ–तिहारको बीचमा यसबारे खासै चहलपहल नभए पनि तिहारपछि सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कम्युनिस्ट पार्टीभित्रै बजेट सच्याउनुपर्ने विषयमा ठुलो बहस भएको थियो।

तर, सत्ता साझेदार दल नेकपा (एमाले) भने बजेट सच्याउने पक्षमा देखिएको छैन। एमाले नेता चर्कबहादुर मल्लले नेतृत्व गरेको आर्थिक मामिला मन्त्रालयले केही दिनअघि नै सम्बन्धित मन्त्रालयहरूलाई बजेट कार्यान्वयन गर्न मार्गनिर्देशन गरिसकेको छ। मन्त्री मल्लले आर्थिक मामिला मन्त्रालयले मार्गदर्शन जारी गरिसकेकाले अब सम्बन्धित मन्त्रालयहरूले मातहतका कार्यालयहरूलाई कार्यादेश दिइसकेको हुनुपर्ने रैवारप्रेसलाई बताएका छन् ।

यता, भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले पनि बजेट कार्यान्वयनका लागि मातहतका कार्यालयहरूमा यसै हप्ताभित्र अख्तियारी पठाइसक्ने गरी तयारी भइरहेको जानकारी दिएकी छन् ।

ढिलो गरी बजेट आएकाले कार्यान्वयनमा समेत ढिलाइ भइसकेको र चालु आर्थिक वर्षको बीचमै स्थानीय तहको निर्वाचनसमेत परेकाले सरकार बजेट कार्यान्वयनमा हतारिएको मुख्यमन्त्री कार्यालय स्रोतले बताएको छ । मुख्यमन्त्री खगराज भट्टका स्वकीय अधिकृत शङ्कर भण्डारीका अनुसार केही महत्त्वपूर्ण योजनामा बजेट थप्नुपर्ने अवस्था आएमा संशोधनको साटो हिउँदे अधिवेशनबाट रकमान्तर गर्ने गरी छलफल भइरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट