Techie IT
२०८३ मंसिर १०, बुधबार

सुनसहित दुई चिनियाँ महिला विमानस्थलबाट पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङ्दोङ स्थायी घर भएकी ४५ वर्षीया लिन लिना र सोही ठाउँकी ३५ वर्षीया लिन जिनपिङ रहेका छन्। दुवै जनामाथि थप अनुसन्धान भइरहेको र आजै त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनीहरू हिजो राति ११:१५ बजे क्याथे प्यासिफिक एयरलाइन्सको उडानमार्फत हङकङबाट काठमाडौँ आएका थिए।

भन्सार क्षेत्र पार गरी बाहिरिने क्रममा चेकजाँच गर्दा मलद्वार र भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाएको अवस्थामा ८ थान गोलाकार अर्धठोस पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। प्लास्टिकको र्‍यापसहित उक्त पदार्थको तौल २ किलो ३ सय ४८ ग्राम रहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट