Techie IT
२०८३ मंसिर १०, बुधबार

कांग्रेस केन्द्रीय समिति बैठक : ४९ सदस्यले राखे धारणा, भोलि बिहान पुनः बस्ने


ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा हालसम्म ४९ जना केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राखेका छन्।

पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा बसेको बैठकमा सदस्यहरूले बोल्ने क्रम अझै जारी रहेको पार्टी कार्यालयले जनाएको छ। हिजोदेखि सुरु भएको बैठकमा सबै सदस्यले धारणा राख्ने क्रम नसकिएपछि अर्को बैठक बिहीबार बिहान ११ बजे सोही कार्यालयमा पुनः बस्ने गरी स्थगित गरिएको छ।

पार्टीका अनुसार बैठकमा केन्द्रीय सदस्यहरू रामकृष्ण यादव, राजीव कोइराला, प्रा.डा. गोविन्दराज पोखरेल, सीताकुमारी राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, जितनारायण श्रेष्ठ, प्रकाश पन्थ, मुना भुसाल, अञ्जु झा, बालकृष्ण पाण्डे, कृष्णप्रसाद कोइराला, बुद्ध लामा, हिमालदत्त श्रेष्ठ, जितेन्द्रनारायण देव, धर्मेन्द्र पासवान र प्रा.डा. जगदीशचन्द्र पोखरेलले आ–आफ्नो धारणा राखेका थिए।

त्यस्तै, अनुराग खड्का, गीता गुरुङ, बालकृष्ण दाहाल, डा. अताबुल मन्सुरी, किरणकिशोर घिमिरे, डा. अञ्जनीकुमार झा, ई. लक्ष्मण केसी, कमलकिशोर घिमिरे, कृष्ण रिजाल, वेदनारायण गच्छदार, उमेशचन्द्र यादव, ई. दीपकबाबु कँडेल, डा. भोगेन्द्रप्रसाद चौधरी, बलदेव तिमल्सिना, दीपक सोनी, डा. मुकेशराज काफ्ले, सिर्जना अधिकारी र ई. अमृत ज्ञवालीले पनि बैठकमा आफ्ना विचार व्यक्त गरेका छन्।

यसैगरी, कर्मा छिरिङ शेर्पा, अम्मरबहादुर बराइली, मन्जित ताम्राकार, देवकी गौतम, जमिला खातुन, मेघा शाही, प्रा.डा. सूर्यकान्त घिमिरे, डा. प्रदीप मिश्र, ई. अभिषेक आत्रेय, डा. आयुष बगाले, गौरव पाण्डे, अंशुल केसी, ई. सुवास पौडेल र रीता शाहीले समेत आ–आफ्नो धारणा राखेको पार्टीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट