Techie IT
२०८३ असार २५, बिहीबार

एनपीएल : सातौँ दिन खेल रोकियो, भोलि दुई खेल हुने


दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत सातौँ दिन आज आइतबार कुनै खेल आयोजना भएको छैन। नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भमै सार्वजनिक गरेको तालिकाअनुसार आजको दिनलाई विश्रामका लागि तोकिएको हो।

क्यानले प्रदान गरेको सूचना अनुसार सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई खेल हुनेछ। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच हुनेछ।

यस्तै दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच हुने तालिका छ। एनपीएलको हालसम्मको अंकतालिकामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स समान दुई–दुई खेलमा चार–चार अंक जोड्दै क्रमशः पहिलो र दोस्रो स्थानमा छन्।

तीन खेल खेलेको काठमाडौँ गुर्खाज दुई अंकका साथ तेस्रो स्थानमा पुगेको छ। दुवै खेलमा पराजित भएको पोखरा एभेन्जर्स अंकविहीन रहँदै पुछारमा छ।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किङ्ग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।

एनपीएलको फाइनल खेल मंसिर २७ गते कीर्तिपुरमै आयोजना हुने क्यानले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट