Techie IT
२०८३ असार २५, बिहीबार

एनपीएल सट्टेबाजी गरेको आरोपमा ८ भारतीय पक्राउ


नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गर्ने काममा संलग्न ८ जना भारतीयलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। उनीहरू बल्खुबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले अनलाइन बेटिङ साइटमार्फत खेलको नतिजा अनुसार रकम लगानी गरी सट्टेबाजीमा संलग्न थिए।

पक्राउ पर्नेमा भारतको आन्ध्र प्रदेश, प्रकासम जिल्लाका ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साई कुमार तम्मिसेट्टी र २८ वर्षीय सेख चन्द बसल रहेका छन्।

उनीहरूको साथबाट १५ वटा मोबाइल बरामद गरिएको छ र प्रविधियुक्त अनुसन्धान भइरहेको छ। थप अनुसन्धानका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट