Techie IT
२०८२ फागुन २०, बुधबार

एनपीएलः प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बन्यो सुदूरपश्चिम रोयल्स

एक रनमै २ विकेट गुमाएको अवस्थामा इशान पाण्डे र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार बनाएका थिए।


नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। शनिबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै लगातार पाँचौ जित दर्ता गर्‍यो।

जनकपुरले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो । एक रनमै २ विकेट गुमाएको अवस्थामा इशान पाण्डे र विनोद भण्डारीले ९२ रनको साझेदारी गर्दै टोलीलाई जितको आधार बनाएका थिए। इशानले ३५ बलमा ५६ रन र भण्डारीले ४९ बलमा ४२ रन जोडे। अन्तिम चरणमा हरमित सिंहले १० बलमा २५ अविजित रन बनाए।

जनकपुरका माज सदाकतले २ तथा सञ्जय कृष्णमुर्थी र आदित्य महताले १–१ विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो। सञ्जय कृष्णमुर्थीले ३८ बलमा ५० रनको अर्धशतक पूरा गरे भने जान लफ्टी इटनले ३९ रन जोडे। जनकपुरलाई उल्लेख्य सङ्केतमा पुर्‍याउन कृष्णमुर्थी महताको ५५ रनको साझेदारी महत्त्वपूर्ण बन्यो।

सुदूरपश्चिमका अविनाश बोहराले ४ ओभरमा ३० रन दिएर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका थिए । स्कट कुगेलेइनले ३ विकेट र कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिएका छन् ।

लगातार चार खेलमा पराजित जनकपुरका लागि प्लेअफको सम्भावना कठिन बनेको छ। अंकगणितीय रूपमा सम्भावना खुला भए पनि बाँकी तीनै खेल जित्नुका साथै अन्य नतिजा पनि आफ्नो पक्षमा हुनुपर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट