Techie IT
२०८३ वैशाख १०, बिहीबार

लिग आयोजना गर्ने एन्फाको निर्णय, तर कार्यान्वयनमा अझै प्रश्न


लिगबारे जारी दुविधा, अन्योल र विवादबीच अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार अर्को महत्त्वपूर्ण निर्णय गरेको छ । निर्णयअनुसार पुस २५ गतेदेखि राष्ट्रिय लिग सुरु गरिनेछ र त्यसपछि एक महिनाको अन्तरमा ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने योजना छ।

तर यसको कार्यन्वयनबारे प्रश्नचिन्ह कायम छ। किनभने यसअघि पनि लिग आयोजना सम्बन्धी थुप्रै निर्णय भए पनि कार्यान्वयन हुन नसकेको इतिहास छ। बरू तय कार्यक्रमहरू बारम्बार परिवर्तन हुँदै आएका छन्।

“एन्फाले चाहेर मात्रै सबै सम्भव हुँदैन, एन्फा अभिभावक संस्था भएकाले कसैमाथि जबरजस्ती पनि गर्न मिल्दैन,” एन्फाका महासचिव किरण राईले भने । एन्फाको आपतकालीन बैठक अनुसार अब राष्ट्रिय लिग खेल्न सबै ‘ए’ डिभिजन क्लबलाई खुला गरिएको छ। यसको अर्थ शीर्ष–६ क्लब मात्र नभई इच्छुक सबै क्लबले सहभागिता जनाउन सक्नेछन्।

दशरथ रंगशालामा हाइब्रिड मैदान राख्ने प्रस्ताव

बैठकले दशरथ रंगशालामा हाइब्रिड घाँसे मैदान राख्ने अर्को निर्णय पनि गरेको छ । एएफसीको ‘इक्वेल पिच’ कार्यक्रमअन्तर्गत यो प्रस्ताव अघि सारिएको हो। तर यसको कार्यान्वयन एन्फाले मात्र गर्न सक्दैन। यसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारको सहमति तथा सहयोग अनिवार्य छ। 

एन्फा कार्यसमितिले महिला फुटबलसम्बन्धी दुई महत्त्वपूर्ण निर्णय पनि गरेको छ। महिला फुटबलमा फ्रेन्चाइज लिग सुरु गर्ने र फागुनमा यू–१९ साफ महिला फुटबल पोखरामा आयोजना गर्ने लक्ष्य लिइएको छ । यस्तै, एन्फाले मंसिर १९ देखि पुस ५ सम्म दशरथ रंगशालामा हुने साफ क्लब वुमेन्स च्याम्पियनसिपका लागि तयारी तीव्र गतिमा भइरहेको जनाएको छ। प्रतियोगितामा दक्षिण एसियाका पाँच लिग च्याम्पियन टिम सहभागी हुनेछन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट