Techie IT
२०८२ मंसिर १७, बुधबार

अपिहिमालको पर्यटन प्रवर्द्धनमा सुदूरपश्चिम रोयल्सले सहकार्य गर्ने


सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली र दार्चुलाको अपिहिमाल गाउँपालिकाबीच अपिहिमाल क्षेत्रको पर्यटन प्रवर्द्धनबारे आज छलफल भएको छ। 

गाउँपालिका अध्यक्ष भगतसिंह ठेकेरे बोहरा र रोयल्सका टिम प्रबन्धक प्रकाश खड्का बीचको भेटवार्तामा अपिहिमाल क्षेत्रमा रहेका पर्यटकीय सम्भावनाको प्रचार–प्रसार तथा विकासका लागि र अपिहिमाल गाउँपालिकामा निर्माणाधिनसम्तेली क्रिकेट मैदानमा हाई अलटिटुड अभ्यास खेल गराउने गरि सुदूरपश्चिम रोयल्सले सहकार्य गर्ने भन्ने सकारात्मक छलफल भएको थियो।

एनपिएलको यस वर्षको उपाधि दाबेदार टिम मानिएको सुदूरपश्चिम रोयल्सका खेलाडीलाई अपिहिमालको बेसक्याम्पसम्म ट्रेक गराउने बारे पनि छलफल भएको छ । खेलाडी तथा अन्तर्राष्ट्रिय पाहुनालाई अपिहिमाल पुर्याउँदा क्षेत्रको प्रचार–प्रसारमा ठूलो मद्दत हुने र त्यसले विदेशी पर्यटक आकर्षित गर्न सक्ने विश्वास अध्यक्ष बोहराले व्यक्त गरेका छन्। उनका अनुसार पर्यटक आगमन बढे स्थानीयदेखि राष्ट्रिय अर्थतन्त्र र रोजगारीमा सकारात्मक योगदान रहने छ ।

यदि रोयल्सले यस वर्षको ट्रफी जिते उपाधिलाई पनि अपिहिमाल बेसक्याम्पमा लगेर विशेष कार्यक्रम गर्नेबारे समेत छलफल भएको जनाइएको छ। केहि महिना अघि पर्यटन प्रवर्द्धनमा उत्कृष्ट काम गरेको कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपिहिमाल गाउँपालिकालाई देशभरको उत्कृष्ट पालिका घोषित गरेको थियो।

टिम प्रबन्धक प्रकाश खड्काले सुदूरपश्चिमको पर्यटन विकासका लागि रोयल्स टोलीले सम्भव हुने सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । भेटमा अपिहिमाल गाउँपालिकाको तर्फबाट अध्यक्ष बोहराले अपिहिमालको पर्यटकीय रुट पुस्तक डेस्टिनेसन अपिहिमाल सुपरोयल्सका प्रबन्धक खड्कालाई उपहार दिएका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट