Techie IT
२०८२ पौष ४, शुक्रबार

एनपिएल उपाधि विजेता लुम्बिनी लायन्सको ट्रफी टुर पुस ५ देखि


नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको उपाधि विजेता लुम्बिनी लायन्सले पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ। लुम्बिनी लायन्सले सार्वजनिक गरेको कार्यक्रमअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा पुगेर सम्पन्न हुनेछ।

तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि बर्दियाको गुलरिया हुँदै भन्सागढी–कोहलपुरसम्म ट्रफी प्रदर्शन गरिनेछ। पुस ६ गते दाङको तुल्सिपुर–घोराही क्षेत्रमा टुर आयोजना हुनेछ।

त्यसैगरी पुस ७ गते रुकुमको रुकुमकोटदेखि खलङ्गासम्म, पुस ८ गते रोल्पाको लिवाङ–सुलिचौरसम्म, पुस ९ गते प्युठानको भिङ्ग्रीदेखि स्वर्गद्वारीसम्म तथा पुस १० गते विजुवार–बरुङ्ला हुँदै चकचके, दरभाङ र भालुवाङसम्म ट्रफी टुर सञ्चालन गरिने लुम्बिनी लायन्सले जनाएको छ।

कार्यक्रमअनुसार पुस ११ गते कपिलवस्तुको चन्द्रौटा, कृष्णनगर, तौलिहवा र गोरुसिङ्गे, पुस १२ गते अर्घाखाँचीको सुपादेउराली मन्दिरदेखि सन्धिखर्क, पुस १३ गते गुल्मीको तम्घास र पुस १४ गते पाल्पाको तानसेन बजारमा ट्रफी प्रदर्शन हुनेछ। पुस १५ गते नवलपरासी (पश्चिम)को बर्दघाट–सुनवल हुँदै सोही दिन रुपन्देहीको भैरहवादेखि लुम्बिनीसम्म टुर आयोजना गरिनेछ।

लुम्बिनी लायन्सका अनुसार पुस १६ गते बुधबार बुटवलको सिद्धबाबा मन्दिरदेखि ट्राफिक चोकसम्म ट्रफी टुरसँगै मेगा कन्सर्टसमेत आयोजना गरिनेछ।

एनपिएलको दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको थियो। यसअघि लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगर किङ्स र एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट