Techie IT
२०८३ भाद्र २६, शुक्रबार

मछिन्द्रको लगातार तेस्रो जित, आर्मीको चित्लाङमाथि ५–१ को शानदार विजय


मछिन्द्र एफसीले शनिबार राष्ट्रिय लिग फुटबलमा लगातार तेस्रो जित दर्ता गरेको छ। लालीगुराँससँगै मछिन्द्रले सुरुआती तीन खेलबाट ९ अंक बटुलेको छ। गोलअन्तरका आधारमा भने लालीगुराँस शीर्षस्थानमा छ।

शनिबारकै अर्को खेलमा त्रिभुवन आर्मी क्लबले चित्लाङ एफसीमाथि ५–१ को प्रभावशाली जित निकाल्दै तेस्रो स्थानमा उक्लिएको छ।

दशरथ रंगशालामा भएको पहिलो खेलमा मछिन्द्रले प्लानिङ ब्वाइजलाई २–० ले हरायो। मछिन्द्रका लागि सौरभ लिम्बूले ४१ औँ मिनेटमा पहिलो गोल गरे भने जोनाथन एडुवार्डोले ७४ औँ मिनेटमा दोस्रो गोल थपे। यससँगै प्लानिङ ब्वाइजले लिगमा पहिलो हार व्यहोरेको छ र ४ अंकमै सीमित भएको छ।

दोस्रो खेलमा चित्लाङ एफसीले म्याथ्यु बाबाटुन्डेको गोलमार्फत २६ औँ मिनेटमा अग्रता लिएको थियो। तर त्यो अग्रता जोगाउन नसक्दा आर्मीले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो।

आर्मीका दिनेश हेम्जनले दुई गोल गर्दै निर्णायक भूमिका खेले। उनले ४० र ८२ औँ मिनेटमा गोल गरे। हेम्जनको पहिलो गोलपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि नवयुग श्रेष्ठले दोस्रो गोल गर्दै आर्मीलाई अग्रता दिलाए। नवीन लामाले ६३ औँ मिनेटमा तेस्रो गोल थपे। खेलको ८५ औँ मिनेटमा भएको अन्तिम गोल भने आत्मघाती रह्यो, यसको श्रेय नरेन्द्र चौधरीलाई दिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट