Techie IT
२०८३ वैशाख १०, बिहीबार

भारतविरुद्धको टी–२० विश्वकप खेल पाकिस्तानले बहिष्कार गर्ने


टी–२० विश्वकपमा भारतविरुद्ध तय भएको खेल पाकिस्तानले बहिष्कार गर्ने घोषणा गरेको छ। पाकिस्तान सरकारको आधिकारिक एक्स (पूर्व ट्विटर) खातामार्फत यस्तो जानकारी सार्वजनिक गरिएको हो। सरकारले आफ्नाे राष्ट्रिय टोलीलाई प्रतियोगिताका लागि श्रीलंकामा यात्रा गर्न अनुमति दिएको भए पनि १५ फेब्रुअरी २०२६ मा भारतसँग हुने खेलमा भने मैदानमा नउत्रने स्पष्ट गरेको छ।

सरकारी वक्तव्यमा यस निर्णयको ठोस कारण खुलाइएको छैन। तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले बंगलादेशलाई विश्वकपबाट वञ्चित गरेपछि त्यसको प्रतिक्रियास्वरूप पाकिस्तानले यस्तो कदम चालेको हुन सक्ने अनुमान गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट