Techie IT
२०८३ असार ११, बिहीबार

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड बन्यो समूह विजेता, कतार भने बाहिरियो


फिफा विश्वकप - २०२६ अन्तर्गत घरेलु टोली क्यानडालाई २-१ गोलअन्तरले स्तब्ध पार्दै स्विट्जरल्यान्ड ‘नकआउट’ चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा आज भएको खेलमा शानदार जित हात पार्दै स्विट्जरल्यान्ड समूह ‘बी’को विजेता बनेको हो।

स्विट्जरल्यान्डको जितमा रुबेन वर्गास र जोहान मान्जाम्बीले एक-एक गोल गरे। खेलको ४६औँ मिनेटमा वर्गासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपछि अर्थात् ५७औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए। यता खेलको ७६औँ मिनेटमा क्यानडाका प्रमिस डेभिडले एक गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरे पनि टोलीलाई हारबाट भने जोगाउन सकेनन्।

यस जितसँगै अपराजित स्विट्जरल्यान्डले तीन खेलबाट ७ अंक जोडेको छ। पराजित भए पनि क्यानडा ४ अंकसहित समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा पुग्न सफल भएको छ।

यसै समूहअन्तर्गत आजै भएको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३-१ गोलअन्तरले पराजित गरेको छ। क्यानडा र बोस्नियाको समान ४-४ अंक भए पनि गोलअन्तरका आधारमा क्यानडाले दोस्रो स्थान सुरक्षित गरेको हो। तेस्रो स्थानमा रहेको बोस्नियाको पनि उत्कृष्ट तेस्रो टोलीका रूपमा अघिल्लो चरण पुग्ने सम्भावना भने कायमै छ। प्रतियोगितामा १ अंक मात्र बटुल्न सकेको कतार भने समूह चरणबाटै बाहिरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट