Techie IT
२०८३ भाद्र १, सोमबार

आर्सनलको सानदार प्रदर्शन: म्यानचेस्टर सिटीलाई पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि कब्जा


इंग्लिस क्लब आर्सनलले म्यानचेस्टर सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै कम्युनिटी शिल्डको उपाधि जितेको छ। प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि आर्सनलले उपाधिको दाबेदारीलाई यस जितमार्फत प्रभावशाली ढंगले प्रस्तुत गरेको हो।

कार्डिफको प्रिन्सिपालिटी स्टेडियममा आइतबार भएको खेलमा आर्सनलले सुरुआतदेखि नै सिटीमाथि दबाब बनाएको थियो। खेल सुरु भएको २४औँ सेकेन्डमै रिकार्डो कालाफियोरीले गोल गर्दै आर्सनललाई शुरुआती अग्रता दिलाए।

पहिलो हाफ सकिनुअघि काइ हाभर्ट्जले हेडमार्फत गोल गर्दै आर्सनलको अग्रता २–० बनाए। दोस्रो हाफमा पनि आर्सनलले आफ्नो आक्रामक खेललाई निरन्तरता दियो। खेलको उत्तराद्र्धमा मार्टिन ओडेगार्डले गोल गर्दै टोलीको जित ३–० ले पक्का गरे।

नयाँ प्रशिक्षक एन्जो मारेस्काको नेतृत्वमा मैदान उत्रिएको सिटी आर्सनलको तीव्र दबाब र आक्रामक खेलसामु कमजोर देखियो। यस खेलमा आर्सनलका नयाँ खेलाडीहरूले पनि प्रभावशाली डेब्यु गरे। न्युक्यासलबाट ७ करोड ५० लाख पाउन्डमा अनुबन्धित ब्रुनो गिमारेसले मिडफिल्डमा सहज प्रदर्शन गरे भने क्लब ब्रुगबाट ३ करोड ४० लाख पाउन्डमा आएका क्रिस्टोस जोलिसले दुईवटा असिस्ट प्रदान गर्दै उत्कृष्ट प्रदर्शन गरे।

आर्सनलले सन् २००४–०५ को सिजनपछि पहिलोपटक प्रिमियर लिग च्याम्पियनका रूपमा नयाँ सिजनको सुरुवात गर्दैछ। लगातार दोस्रोपटक इंग्लिस लिगको उपाधि जित्ने प्रमुख दाबेदारका रूपमा हेरिएको आर्सनलले कम्युनिटी शिल्डको यो जितसँगै आगामी सिजनका लागि बलियो संकेत दिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट