Techie IT
२०८३ कार्तिक २, आइतबार

खप्तड फाल्कोन्सको ठूलो दाउ: ब्राजिलियन सेटर जो मौरिसियो अनुबन्ध


नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टिम खप्तड फाल्कोन्सले ब्राजिलका अनुभवी सेटर जो मौरिसियो डा सिल्भा नेटोलाई अनुबन्ध गरेको छ। नेटोको आगमनसँगै खप्तडको विदेशी खेलाडीको कोटा पूरा भएको छ। उनी खप्तडबाट अनुबन्धित हुने तेस्रो विदेशी खेलाडी हुन्।

यसअघि खप्तडले बेनिनका आउटसाइड हिटर बोस्को डेटे र रुसका आउटसाइड हिटर आर्टेम किसेलेभसँग सम्झौता गरिसकेको छ। नयाँ अनुबन्धित खेलाडी नेटोसँग ब्राजिल, इजरायल र इस्टोनियाका व्यावसायिक क्लबहरूबाट खेलेको लामो अनुभव छ।

रुपेशकुमार विष्टको मुख्य प्रशिक्षणमा मैदान उत्रने खप्तड फाल्कोन्समा धिरोजकाजी बस्नेत मार्की खेलाडीका रूपमा रहेका छन्। टोलीले अक्सनमार्फत सरोज बर्देवा, प्रेमप्रसाद गौतम, विवश थापा, इन्द्र विक, पारस बोहरा, नवराज थापामगर र नवराज धामीलाई अनुबन्ध गरेको छ। यसका साथै, टिमले ‘ट्यालेन्ट हन्ट’बाट रोहित रामानन्द जोशीलाई समेत आफ्नो टोलीमा समेटेको छ।

एनभीएलको पहिलो संस्करण यही शुक्रबार (भदौ १९ गते) देखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो चरणअन्तर्गत खप्तड फाल्कोन्सले आगामी शनिबार सगरमाथा स्म्यासर्ससँग प्रतिस्पर्धा गर्दै आफ्नो अभियानको सुरुआत गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट