एनपीएल खेलतालिका सार्वजनिक: उद्घाटन खेलमै लुम्बिनी र सुदूरपश्चिम भिड्ने
नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को खेलतालिका सार्वजनिक गरेको छ। आगामी कात्तिक ९ गते (अक्टोबर २६) देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
सार्वजनिक तालिका अनुसार समूह चरणका खेलहरू कात्तिक ९ देखि मंसिर २९ (नोभेम्बर १५) सम्म सञ्चालन हुनेछन्। अघिल्ला संस्करण झैं यसपटक पनि खेलहरू दिउँसो र रात्रिकालीन समयमा फ्लडलाइटको उज्यालोमा खेलाइनेछन्।
प्लेअफ तथा फाइनल खेलहरूको मिति
मंसिर २ (नोभेम्बर १७): पहिलो क्वालिफायर (समूह चरणको पहिलो र दोस्रो स्थानका टोलीबीच)
मंसिर ३ (नोभेम्बर १८): एलिमिनेटर (तेस्रो र चौथो स्थानका टोलीबीच)
मंसिर ४ (नोभेम्बर १९): दोस्रो क्वालिफायर (पहिलो क्वालिफायरको पराजित टोली र एलिमिनेटरको विजेताबीच)
मंसिर ६ (नोभेम्बर २१): फाइनल महाभिडन्त




तपाईको प्रतिक्रिया दिनुहोस