Techie IT
२०८२ मंसिर १, सोमबार

वर्षाले खेल रद्द: नेपाल र ओमानले १-१ अंक बाँडे


आईसीसी विश्वकप लिग -२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ। नेपाली समयअनुसार राति ८:४५ मा क्यानडाको किंग सिटीमा खेल सुरु हुने तय भएपनि क्यानडामा निरन्तर वर्षा भएपछि खेल हुन सकेन। खेल रद्द भएसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन्।

नेपालले यसअघिका खेलहरूमा क्यानडासँग १०३ रनले, ओमानसँग १ विकेटले र तेस्रो खेलमा क्यानडासँग ५ विकेटले पराजय भोगेको थियो। अब नेपाल, क्यानडा, र ओमानबीच त्रिकोणात्मक टी२० सिरिज खेलिनेछ।

विश्वकप लिग-२ मा नेपालले ८ खेलमा ३ अंक जोड्दै सातौं स्थानमा छ। ओमानले ७ खेलमा २ जितका साथ ६ अंक प्राप्त गर्दै छैटौं स्थानमा छ। क्यानडा भने ११ खेलमा १४ अंकसहित शीर्ष स्थानमा छ। 

अमेरिका र नेदरल्यान्ड्स दुवैका १२-१२ अंक भए पनि नेटरनरेटका आधारमा अमेरिका दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन्। नेपालको लागि अबका खेलहरू महत्वपूर्ण हुनेछन्, किनकि टोलीले लिगमा आफ्नो स्थान सुधार्न पर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट