Techie IT
२०८२ मंसिर १, सोमबार

इंग्ल्यान्डले रोक्यो अस्ट्रेलियाको अपराजित यात्रा, डकवर्थ लेविसमा ४६ रनको जित


इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा विश्वविजेता अस्ट्रेलियाको लगातार १४ खेलको अपराजित यात्रामा पूर्णविराम लगाउँदै शृंखलाको तेस्रो खेलमा ४६ रनको महत्त्वपूर्ण जित दर्ता गरेको छ।

रिभरसाइड खेलमैदानमा भएको खेलमा इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेपछि अस्ट्रेलियाले ५० ओभरमा ३०४ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। अस्ट्रेलियाका लागि एलेक्स केरीले ६५ बलमा अविजित ७७ रनको उत्कृष्ट पारी खेले। स्टिभ स्मिथले ८२ बलमा ६०, आरोन हार्डीले २६ बलमा ४४, र क्यामरुन ग्रिनले ४९ बलमा ४२ रन बनाएर टिमलाई ठोस योगदान दिएका थिए। ग्लेन म्याक्सवेलले २५ बलमा ३० रन थपे।

तर जवाफी ब्याटिङमा उत्रिएको इंग्ल्यान्डले ३५.४ ओभरमा चार विकेटको क्षतिमा २५४ रन बनाउँदा खेलमा वर्षा सुरु भयो। डकवर्थ लेविस नियमअनुसार खेल रोकिएपछि इंग्ल्यान्डले ४६ रनले जित हात पार्‍यो।

इंग्ल्यान्डको जितमा कप्तान ह्यारी ब्रुकले ९४ बलमा ११० रनको निर्णायक पारी खेले। उनले विल ज्याक्ससँग मिलेर १५६ रनको साझेदारी गर्दै टिमलाई मजबुत अवस्थामा पुर्‍याए। ज्याक्सले ८२ बलमा ८४ रन बनाए।

यो जितसँगै इंग्ल्यान्डले पाँच खेलको शृंखला २-१ को अवस्थामा ल्याएको छ। चौथो खेल आगामी शुक्रबार हुनेछ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट