Techie IT
२०८३ भाद्र २१, आइतबार

कैदीबन्दीले नियन्त्रण लिएको कैलाली कारागारमा हतियारसहित सुरक्षाकर्मी प्रवेश


कैलाली कारागारमा कैदीबन्दीले नियन्त्रण लिएको अवस्थामा शनिबारदेखि तनावपूर्ण स्थिति बनेको थियो। दुई कैदी समूहबीच झडपका कारण सुरक्षाकर्मीहरू कारागारभित्र प्रवेश गर्न नसकेका थिए।

तर, आइतबार अपरान्ह मानव अधिकार प्रदेश कार्यालय धनगढीको रोहवरमा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली हतियारसहित कारागारभित्र प्रवेश गरेको छ।

कारागारभित्र कैदीबन्दीहरूले थुनुवा कक्षहरू भित्रबाट ताला लगाएर पूर्ण नियन्त्रण लिइ सकेका थिए र कसैलाई पनि प्रवेश गर्न दिइएको थिएन। सुरक्षा टोलीले यसपटक उनीहरूलाई नियन्त्रणमा लिन कारबाही थालेको जनाइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट