कञ्चनपुरमा वाइसियलको वृक्षारोपण र सरसफाइ अभियान सुरु

कञ्चनपुर – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसियल नेपालले श्रम तथा उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको २ महिनाको अभियान अन्तर्गत आज कञ्चनपुरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको शुभारम्भ गरेको छ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष तथा नेपाल सरकारका पूर्व गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठ प्रमुख अतिथि रहे। त्यस्तै, पार्टीका स्थायी समिति सदस्य, सुदूरपश्चिम प्रदेशका कार्यवाहक इन्चार्ज तथा प्रदेश सभामा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्ट, कञ्चनपुर जिल्ला इन्चार्ज टेकेन्द्र प्रसाद भट्टलगायतका नेताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।
वाइसियल नेपाल कञ्चनपुरका सदस्यका अनुसार आजको कार्यक्रममा १ सय विभिन्न प्रजातिका बोटविरुवा रोपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस