अविरल वर्षाले साँफे–मार्तडी सडक अवरुद्ध

File Photo
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार बडीमालिका नगरपालिका–४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको हो। रिला गाउँ माथिबाट खसेको पहिरो खोलामा मिसिएर बाढी आएकाले सडक बन्द भएको उनले जानकारी दिए।
सडक खुलाउन सडक डिभिजन कार्यालयमार्फत जेसिबी परिचालन गर्ने प्रयास भइरहेको भए पनि लगातार वर्षाका कारण माथिबाट थप पहिरो खस्ने क्रम नरोकिएकाले सडक सुचारु गर्न कठिनाइ भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका सवारी आवागमनमा समस्या भएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस