Techie IT
२०८२ भाद्र २७, शुक्रबार

कहाँबाट आए कैलालीको फुलबारी क्षेत्रमा हतियारधारी समूह ?


File Photo

सुदूरपश्चिमको राजधानी धनगढीमा हतियारधारी समूह देखिएको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन्।

बिहीबार दिउँसो फुलबारी क्षेत्रको ‘बीगाउँ’ पछाडिको जंगलमा करिब १०–१५ जना हतियारधारी व्यक्तिलाई देखिएको स्थानीयले बताएका हुन्। जानकारी पाएपछि खोजीका लागि प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले बताए।

“सूचना पाएपछि टोली पठाएका थियौँ, तर खोज्दा कोही भेटिएनन्। अहिले सूचना भेरिफाइ गर्दै छौँ,” एसपी चन्दले भने। प्रहरीले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ। केही दिनअघि जेनजी आन्दोलनको फाइदा उठाउँदै कैलाली जेलबाट ६ सयभन्दा बढी कैदीबन्दी फरार भएका थिए।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट