Techie IT
२०८३ वैशाख ३०, बुधबार

मासुको चोक्टा घाँटीमा अड्किँदा ५० वर्षीय पुरुषको मृत्यु


सांकेतिक

डोटीमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको घरमै खाना खाने क्रममा यस्तो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी नायब उपरीक्षक नवराज ढुङ्गेलका अनुसार बिहीबार राति खाना खाइरहेका बेला नेपालीको घाँटीमा मासुको चोक्टा अड्किँदा उनी अचानक बेहोस भएका थिए।

घटनापछि आफन्तले तत्काल उपचारका लागि राजपुरस्थित सुजङ अस्पताल पुर्‍याएका थिए। तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट