मोसादका लागि जासुसी गर्ने र दाएस सदस्यलाई इरानमा मृत्युदण्ड

इरानको न्यायपालिकाले इजरायली गुप्तचर संस्था मोसादका लागि जासुसी गरेको अभियोगमा एकजना इरानी नागरिकलाई फाँसी दिएको छ। साथै, दाएस (आईएसआईएस) आतंकी समूहसँग सम्बन्धित अर्को व्यक्तिलाई पनि मृत्युदण्ड दिइएको छ।
बुधबार बिहान फाँसी दिइएको अभियुक्त रुजबेह वादी, इरानको एक महत्वपूर्ण र संवेदनशील संस्थामा कार्यरत थिए। न्यायालयका अनुसार उनी भर्चुअल स्पेसमार्फत मोसादसँग जोडिएका थिए र पाँच पटक मोसाद अधिकारीहरूसँग भेटघाट गरेका थिए। उनलाई सियोनिष्ट शासनको गुप्तचर संस्थासँगको सम्बन्धमा दोषी ठहर गरिएको थियो।
त्यसैगरी, आजै मृत्युदण्ड दिइएका अर्का व्यक्ति महदी असगरजादेह थिए, जो इराक र सिरियामा सैन्य तालिम लिईसकेका थिए। उनीमाथि इरानभित्र आतंकवादी हमला गर्ने योजनामा संलग्न रहेको आरोप लागेको थियो।
इरानले पछिल्ला वर्षहरूमा आफ्ना रणनीतिक र सुरक्षासम्बन्धी संस्थामा विदेशी हस्तक्षेप, विशेषगरी मोसाद र दाएससँग सम्बन्धित गतिविधिमा संलग्नहरूमाथि कडा कारबाही गर्दै आएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस